नेपाल पत्रकार महासङ्घ गण्डकीको अध्यक्षमा पौडेल
पाेखरा | मंसिर ३०, २०८१
पोखरा: नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेश समितिको अध्यक्षमा रमेश पौडेल निर्वाचित भएका छन् ।
शुक्रबार भएको निर्वाचनको निर्वाचन समितिद्वारा आज सार्वजनिक मत परिणामअनुसार पौडेलले चार सय एक मत प्राप्त गरी विजयी हुँदा उनका प्रतिद्वन्द्वी गोविन्दप्रसाद सुवेदीले एक सय ७८ मत प्राप्त गरे ।
प्रदेश समितिको उपाध्यक्ष (खुला)मा प्रकाश पौडेल, उपाध्यक्ष (महिला)मा मायाकुमारी अधिकारी, महासचिवमा जमुना वर्षा शर्मा, सचिव (खुला)मा भविश्वर पाण्डे, सचिव (समावेशी)मा रोशनी गुरुङ र कोषाध्यक्षमा रमेश बस्ताकोटी निर्वाचित भए ।
गण्डकी प्रदेशअन्तर्गत महासङ्घको जिल्ला अध्यक्षहरूमा कास्कीका लागि माधव बराल, पर्वतमा लक्ष्मीप्रसाद सापकोटा, बागलुुङमा राम थापा, मनाङमा नविन लामिछाने, मुस्ताङमा सुनदेवी रसाइली, लम्जुङमा सन्देश पौडेल, तनहुँमा डिपी अधिकारी, स्याङ्जामा प्रदिप कोइराला, म्याग्दीमा हरिकृष्ण गौतम, नवलपुरमा श्रीराम सिग्देल निर्वाचित भए ।
राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा ठुलो आर्थिक अनियमितता भएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्को भ्रष्टाचार मुद्दा दायर गरेको छ । ...
काठमाडौं: सोमबार सुनको भाउ तोलामा ६ हजार ५ सय रुपैयाँ घटेको छ । अघिल्लो दिन १२ हजार ५ सय रुपैयाँ घटेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि सुनको भाउ प्रतितो...
म्याग्दी प्रहरीले एक युवकको हत्या आरोपमा २२ वर्षीय प्रकाश विकलाई पक्राउ गरेको छ । उनीविरुद्ध म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाका २४ वर्षीय सौरव विकको हत्या गरेको आरोप छ । हत्य...

